९ कार्तिक २०८१, शुक्रबार 1729872520
Banner

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले बुधबारै विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन् ।

विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिन अगाडि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था अनुसार आजै प्रदेशससभामा सूचना दर्ता गरिएको हो ।