९ कार्तिक २०८१, शुक्रबार 1729879473
Banner

निर्वाचनमा गलत शक्तिले मत पाएँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा विदेशबाट आएको फोनका भरमा मतदान गर्दा गलत शक्तिले भोट पाएको बताएका छन् ।

सोमबार जनप्रगतिशील मञ्चमा आबद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग भेटघाट तथा अन्तर्राष्ट्रिय कार्यक्रममा धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले धेरै नेपाली विदेशमा छन्, उनीहरूको मतदानको अधिकार दिएपछि मात्रै फियर इलेक्सन हुने नेपालमा । विदेशमा भएको लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने भयो । उहाँबाट फोन गरेको भरमा मत राख्नुपर्ने र त्यहाँ चाहिँ सोसल मिडियाजस्तो विभिन्न माध्यमबाट प्रभावित हुने खतरा देखा पर्‍यो ।’