२७ भदौ २०८३, शनिबार 1789240512
Banner

पार्टीमा विद्रोह गरेर मुख्यमन्त्रीसहित ८ भाइसँग गाला मिलायौँ : उद्धव थापा (कांग्रेस)

काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीमा विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्की र उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुसँग गला मिलाएको बताएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् ।

‘नेपाली कांग्रेसबाट ८ भाइ माननीयहरु, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो, अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फुलमाला लगाएर आएपछि हामीले गले लगायौं, स्वागत गर्‍यौं’ थापाले भने ।

कांग्रेसका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् र उनले बुधबार विश्वासको मत लिँदैछन् ।