९ कार्तिक २०८१, शुक्रबार 1729898084
Banner

एनआरएनको निर्वाचन आज : अध्यक्षमा केसी, श्रेष्ठ र शर्माबीच कडा प्रतिस्पर्धा हुँर्दै

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि गएराति १२ बजेदेखि अनलाइन भोटिङ खुला भएको छ । एनआरएनएको अध्यक्ष पदको उम्मेदवारमा डा बद्री केसी, आरके शर्मा, महेश श्रेष्ठ रहेका छन् । विदेशमा रहेका नेपालीले राति १२ बजे बाट मतदानमा सहभागि भएपनि नेपालमा भने आज विहान १० बजेदेखि साँझ ६ बजेभित्र मतदान गरिसक्नुपर्नेछ । काठमाडौंको सोल्टी होटलमा मतदानका लागि व्यवस्था गरिएको छ ।

एनआरएनएमा अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ६ सचिव र एक कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुँदैछ । पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ शुरुभएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।

संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सोमनाथ सापकोटाले बताए।

निर्वाचनमा एमाले निकट उम्मेदवार बद्री केसी रहेका छन् भने कांग्रेसबाट महेश श्रेष्ठ समुह रहेको छ । महेशलाई अर्का अध्यक्षका उम्मेद्धवार रविना थापाको समर्थन छ भने आरके समुहलाई माओवादी निकट समर्थन भएको बताईएको छ । एनआरएनएको विभिन्न पदमा २३ जना निर्विरोध निर्वाचित भएका छन भने १० वटा पदमा उम्मेदवारी नै परेको छैन । ६ उपाध्यक्षका लागि १८ जनाको उम्मेदवारी परेको छ । महासचिवका लागि २ जनाको उम्मेदवारी परेको छ । चुनावको परिणाम आज राति आईसक्ने एनआरएनले जनाएको छ । कडा प्रतिस्पर्धाका बीच हुन लागेको निर्वाचनमा चुनावी परिणाम कस्तो आउला भन्नेमा निकै नै चासो बढेको छ ।