२८ भदौ २०८३, आइतबार 1789345218
Banner

पार्टी र नेताका नाममा आउने उपहार अस्वीकार गर्न रविको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र नेताको नाममा आउने गरेको विशेष उपहार अस्वीकार गर्न आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित पूर्वसूचनाबिना केन्द्रीय कार्यालयमा विशेष उपहार आइरहेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उपहार लिने पार्टीको नीति नभएको उनको भनाइ छ । उपहार अदान–प्रदान गर्ने सर्वव्यापी चलन रहेको बताउँदै उनले हार्दिक सम्बन्ध निरन्तरताको कामना तथा भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदा–हुँदै पनि रास्वपाले उपहार स्वीकार नगर्ने नीति लिएको उनको भनाइ छ ।

‘पूर्व सूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरु भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको हुँ। मेरा लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष ९कोही–कसैमार्फत० उपहार पठाउने कष्ट नगर्न अनुरोध छ,’ उनले उल्लेख गरेका छन् ।