१० श्रावण २०८३, आइतबार 1785052066
कला/साहित्य

नायक पल शाहविरुद्धको थुनछेक बहस सकियो

काठमाडौँ । नायक पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। नाबालिग बलात्कार आरोपमा पक्राउ परेका शाहको बुधबार थुनछेक बहस सकिएको हो।

नाबालिका बलात्कारको अभियोग लागेका शाहविरुद्ध आज नवलपुर अदालतमा तीनजना सरकारी वकिल वकिल कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको तर्फबाट बहस गरेका हुन्। उनीहरूले किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन् । त्यस्तै शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ जना वकिलले बहस गरेका थिए।

शाहविरुद्ध नाबालिग बलात्कार आरोपमा पक्राउ परेका शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत ल्याएर बयान लिइएको हो।

शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा तारिख वा धरौटीमा छोडेर मुद्दा चलाउने भन्ने टुंगो आदेशपछि पत्ता लाग्नेछ।