२० श्रावण २०८३, बुधबार 1785920817
Banner

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी भट्टराई निलम्बित

काठमाडौं-महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।

रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि भट्टराईलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिनुभयो।

उहाँलाई जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ। हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले बतायो।

डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् । २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।