२८ जेष्ठ २०८३, बिहिबार 1781173631
Banner

गठबन्धन छाड्ने आँट गरेन भने कांग्रेसको भविष्य समाप्त हुन्छ: शंकर पोखरेल

दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन सँगै नेपाली काँग्रेसको भविष्य समाप्त हुने बताउनु भएको छ।

प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले काँग्रेस गठबन्धनबाट तत्काल नबाहिरिए गठबन्धन सँगसँगै काँग्रेसको भविष्य समाप्त हुने दाबी गर्नुभयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन्। यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ।’

अहिलेको सत्ता गठबन्धन तस्करको इशारामा चलेको आरोप लगाउँदै सरकार माफियाका पछाडि लाग्दा अर्थतन्त्र कमजोर भएको टिप्पणी गर्नुभयो ।

सरकारले अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र बैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन नसकेको महासचिव पोखरेलले बताउनु भयो।