९ कार्तिक २०८१, शुक्रबार 1729858659
Banner

जाजरकोटमा भुकम्प, आठविसकोटमा २२ जनाको मृत्यु, नलगाड नगरपालिका उपमेयरको पनि मृत्यु

कर्णाली- शुक्रवार राती ११ बजेर ४८ मिनेट जाँदा गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा क्षतिपुगेको छ ।

शुक्रबार राती गएको ६.४ रेक्टरको भूकम्पमा परेर रुकुम पश्चिममा २२ जनाको मृत्यु भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आठबिसकोट नगरपालिकामा मात्रै २२ बढीको मृत्यु भएको हो । उता जाजरकोटमा भूकम्पमा परेर नलगाड नगरपालिका उपमेयरको मृत्यु भएको पनि खबर प्राप्त भएको छ ।

रुकुम पश्चिममा भएको क्षतिको पछिल्लो जानकारीमा आठबिसकोट नगरपालिका वडानम्बर ११ मा छ जना वडानम्बर १३ मा तीन जना वडानम्बर १४ मा नौ जना र वडानम्बर १२ मा चार जना गरी २२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

भूकम्पमा १ सय ५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक जानकारी अनुसार आठबिसकोट नगरपालिकाको -११, १२, १३, र १४ वडामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । त्यस्तै जिल्लाको अन्य पालिकामा पनि मानवीय क्षति भएको अनुमान गरिएको छ ।

रातको समय भएकाले भूकम्पले पुर्‍याएको क्षतिको यकिन विवरण आउन सकेको छैन । भुकम्पले अधिकांश घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको र ठाउँ-ठाउँमा पहिरो खसेको बताइएको छ ।