९ कार्तिक २०८१, शुक्रबार 1729851246
Banner

कोशी प्रदेशमा माओवादीबाट उप्रेती र समाजवादीबाट जबेगु मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् ।

उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरु बिना विभागीय मन्त्री नियुक्त भएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले गठबन्धनले निर्णय गरेर केदार कार्कीको नेतृत्वको सरकारमा सहभागी भएको जानकारी दिए।

क्याबिनेटमा गठबन्धनलाई भित्र्याएपछि सरकारबाट एमालेले बाहिरिने तयारी गरेको छ ।