२८ भदौ २०८३, आइतबार 1789330540
Banner

निर्वाचन आचार संहिताका वारेमा ध्यानाकर्षण गराउन पोखरेलको टोली आज आयोग जाँर्दै

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली निर्वाचन आयोग जाने भएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पोखरेल नेतृत्वको टोली दिउँसो १ बजे निर्वाचन आयोग जाने कार्यक्रम छ । एमालेले निर्वाचन आचार संहितामा त्रुटि रहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउन आयोग जान लागेको हो । आयोगले हालै मात्र पास गरेको आचार संहितामा राजनीतिक दलका भ्रातृ संगठनले पनि प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको भन्दै एमालेले ध्यानाकर्षण गराउन लागेको हो

एमालेले निर्वाचन आचारसंहिता, मतपत्रलगायतका विषयमा आयोगलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ ।