९ कार्तिक २०८१, शुक्रबार 1729844196
राजनीति

नेकपा एमाले महानगर कमिटीद्वारा विष्णुमति सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले नेपाल संवत तथा शंखधर शाख्वाको स्मरणमा आज विष्णुमति सरसफाइ गरेको छ ।

महानगर कमिटीले शनिबार कालिमाटी पुलदेखि पुष्पलाल स्मृति पार्कसम्म सो विष्णुमति खोला सरसफाइ गरेको हो । सरसफाइ अभियान गर्ने क्रममा पृष्पलाल स्मृति पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सो क्रममा पूर्वमन्त्री तथा काठमाडौं महानगर कमिटीका इन्चार्ज रामेश्वर फुयालले सोही क्रममा प्राकृतिक रुपमा बहने खोलाले आकाश देख्न र खोलामा माछाले पौडन पाउनुपर्ने बताए ।

शंखधर शाख्वाले तत्कालीन अवस्थामा जनताको सबै ऋण तिरिदिएको स्मरण गर्दै उनले नेपाल संवतलाई राष्ट्रिय सम्वत बनाउन नेकपा एमालेको विशेष भूमिका रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतको उपस्थित थियो ।

२८ गते प्रभातफेरि र मंसिर ६ गते टुक्च्चा तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले सो जानकारी दिएका हुन् । मंसिर मंसिर ६ गते टुक्च्चा तथा शुभकामना आदानप्रदान, रक्तदानलगायत कार्यक्रम हुने कार्यक्रमका प्रमुख आतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहने अध्यक्ष देउलाले जानकारी दिए ।

तस्वीरमा हेर्नुहोस् विष्णुमति सरसफाइ :