२८ भदौ २०८३, आइतबार 1789350903
Banner

टी–२० विश्वकप छनोटमा ओमनविरुद्धको खेलमा नेपालको खराब प्रदर्शन

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको उपाधिका लागि ओमानविरूद्ध ब्याटिङका क्रममा नेपालले ७ ओभरमा ३ विकेट गुमाएको छ।

सातौं ओभरसम्म पुग्दा ओपनर आशिफ शेख, कुशल भुर्तेल र सन्दीप जोरा आउट भएका छन् । खेलका क्रममा आशिफ शेख २.४ ओभरमा, जोरा ६.१ ओभरमा र कुशल भुर्तेल ७.१ ओभरमा आउट भए । ६ बल खेलेका आशिफ ६ रन बनाउँदै आउट भए। उनी ओमानका बिलाल खानको बलिङमा काश्यप प्रजापतिबाट क्याच आउट भए।

आशिफको विकेटपछि आएका जोरा १३ बल खेलेर १० रन बनाउँदै आउट भए। उनी जिसन मक्सुदबाट बोल्ड भए। ७.१ ओभरमा अर्का ओपनर कुशल भुर्तेल आउट भए। उनी अकिब इलियासको बलमा मेरान खानबाट क्याच आउट भए।