१६ असार २०८३, मंगलबार 1782846095
Banner

टाइफाइडविरुद्धको खोप अभियानमा सहभागि बालबालिका (तस्विरहरु)

काठमाडौं । टाइफाइडविरुद्धको खोप अभियान सुरू भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार काठमाडौंको दरबार हाइस्कुलबाट खोपको शुभारम्भ गर्नुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवा र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संयुक्त रुपमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्नुभएको थियो। आजै विद्यार्थीहरूलाई खोप लगाइएको छ।

अभियानका रूपमा भने चैत २४ देखि बैशाख १८ गतेसम्म देशैभरका १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ। यी उमेर समूहको संख्या करिब ७५ लाख रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर ५६ हजार बढी खोप केन्द्र र विद्यालयमा खोप लगाइने छ। तस्विर : रासस