८ कार्तिक २०८१, बिहिबार 1729829429
Banner

राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं । रष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाने भएका छन् ।

उनी मंगलबार विहान अर्थात् (भोलि) भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका हुन् ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति सो तर्फ जान लागेको बुझिएको छ ।

भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् ।

प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् ।