९ कार्तिक २०८१, शुक्रबार 1729836345
Banner

भूकम्पपीडितलाई राष्ट्रपति पौडेलले भने : चिन्ता लिनुपर्दैन म सरकारसँग कुराकानी गर्छु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्धका लागि आफूले सरकारसँग कुराकानी गर्ने बताएका छन् ।

मंगलबार जाजरकोटका भूकम्प प्रभावितसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु ।’

उनले भूकम्प प्रभावितलाई जाडोयाम र वर्षाका बेलामा समस्या नहुने गरी अस्थायी आवासको प्रबन्ध गर्नुपर्ने बताएका छन् । त्यस्तै स्थायी आवास बनाउँदा दीर्घकालीन रुपमा उपयुक्त ठाउँको पहिचान गर्नुपर्ने पनि राष्ट्रपति पौडेलको भनाइ छ ।