८ कार्तिक २०८१, बिहिबार 1729829636
Banner

सर्वदलीय बैठकबाट बाहिरिए माधव नेपाल

काठमाडौं । सत्तागठबन्धनका नेता तथा एकीकृतसमाजवादीका अध्यक्ष माधव नेपाल सर्वदलीय बैठकबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आमन्त्रणमा बोलाइएको सो सर्वदलीय बैठक सुरु भएको केही छिनमा उनी बैठकबाट बाहिरिएका हुन् ।

सिंहदरबारबाट बाहिरिँदै उनले ठूला राजनीतिक दल र गणतन्त्रविरुद्ध भइरहेका टिप्पणीबारे प्रतिक्रिया दिए ।

‘जनताको विश्वास प्राप्त गरेको व्यवस्थाको बारेमा कसैले केही भन्दैमा त्यसको पछि लाग्न हुँदैन । दलहरूमा एकता आवश्यकता छ । व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य त्यति उपयुक्त होइन’, नेपालले भने ।