८ कार्तिक २०८१, बिहिबार 1729829136
Banner

भूकम्पका कारण ९ हजारभन्दा बढी घर पूर्ण रुपमा क्षति, १०१ जनाभन्दा बढीको मृत्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले भूकम्पका कारण जाजरकोटमा ९ हजार भन्दा बढी घर पूर्णरुपमा भत्किएका र २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको जनाएको छ ।

प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ।

यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् ।

त्यसैगरी, भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।