८ कार्तिक २०८१, बिहिबार 1729829688
Banner

भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे रविले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रको अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर रास्वपाका सभापति लामिछानेले १४ बुँदे सुझावपत्र बुझाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । सभापति रवि लामिछाने भूकम्पस्थल पुगर काठमाडौं आइपुगेका छन् ।

प्राथमिकताका आधारमा सुझावहरु कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा राख्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको रास्वपाले जानकारी गराएको छ ।

‘परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्’ भनेर रास्वपा सभापति लामिछानेले आग्रह गर्दा प्रचण्ड गम्भीर भएको रास्वपाको भनाइ छ ।