२८ भदौ २०८३, आइतबार 1789342781
Banner

नेकपा (एमाले)को सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। यतिखेर पार्टी मुख्यालय च्यासलमा सो बैठक बसिरहेको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल भइरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ । बैठकले पदयात्राको मिति तय गर्नेछ।

अभियानका क्रममा एमालेले सभा, भेटघाट र अन्तरक्रिया गर्नेछन् । यस्तै बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ ।

पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा भूकम्पपछिको राहत, पुनः स्थापना बारे छलफल गर्ने एजेण्डा रहेको जनाएको छ।