८ कार्तिक २०८१, बिहिबार 1729829695
Banner

गृहमन्त्रीले बुझे, चिनियाँ सेनामार्फत् आएको भूकम्पपीडितलाई पठाएको सामग्री

काठमाडौं । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि चिनियाँ सेनाका जहाजमार्फत् आएको राहत सामग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका छन् । राहत सामग्री लिएर चिनियाँ सेनाका दुईवटा जहाज पोखरा विमानस्थलमा आएका थिए ।

जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको सम्बन्ध सार्वभौमसत्ताको सम्मान र आपसी हितमा आधारित रहेको र संकटको बेलामा सधैं साथ दिएको भन्दै चिनियाँ सरकारलाई दिए ।

चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेका हुन् । विमानमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री आएको हो ।

उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा पुर्‍याउने छ । आवश्यकताका आधारमा सामग्री पोखराबाट पठाइनेछ ।