२८ भदौ २०८३, आइतबार 1789332990
Banner

समृद्ध नेपाल निमार्णका लागि एमालेको विकल्प छैन : अध्यक्ष ओली

नेपालगन्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने दाबी गर्नुभएको छ। उहाँले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताउनुभयो ।बिहीबार बिहान नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनुभएको छ । ‘नेकपा एस भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उहाँले भन्नुभयो ,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभरि जनलहर चलेको छ ।’उहाँले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने दाबी गर्नुभयो। अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु एक/एक लाख दिने घोषणा पनि गर्नुभयो ।