२० आश्विन २०८३, मंगलबार 6:27 am
Banner

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदैछ।

लामिछानेको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतस्थित न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले गर्नेछ । यसअघि असोज १ गते, असोज ७ गते र असोज २५ गते सुनुवाइ स्थगित भएको थियो। अदालत प्रशासनले तीन पटक नै न्यायाधीश अभावलाई कारण बनाएको छ।

जिल्ला अदालत काठमाडौंमा अन्तिम बहसका लागि पेशी चढेकै ७ महिना बढी भयो।

त्यसपछि एक दर्जन न्यायाधीशको इजलासमा परे पनि यो मुद्दाको बहस सुनेर फैसला सुनाउन आँट भने कसैले पनि गरेका छैनन्।

सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ।