८ कार्तिक २०८१, बिहिबार 1729821896
Banner

स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति शिक्षण अस्पतालमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गर्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि उनी शिक्षण अस्पताल पुगेका हुन् । पछिल्लो समय राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएको छ । केही महिना अघि मात्र उनी भारत पुगेर उपचार गराएका थिए ।