८ कार्तिक २०८१, बिहिबार 1729821763
Banner

महिला, बालबालिका, ज्येष्ठ नागरिक,सुत्कोरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता राखेको बताएका छन् ।

शुक्रबार रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको सो क्रममा उनले बताए ।
‘राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।’

सो अवसरमा प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनी प्रदेश सांसद नमूना केसीले बाँकेको नरैनापुरस्थित प्रशासकीय भवन र अस्पताल उद्घाटनका लागि प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।