८ कार्तिक २०८१, बिहिबार 1729822176
Banner

राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले घरदैलो कार्यक्रम गर्ने भएको छ ।

प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा मंसिर २ देखि ४ गतेसम्म जनताका गुनासा र सुझाव सुन्न घरदैलो गर्न लागिएको रास्वपाले जनाएको छ ।

कात्तिक २२ र २३ गतेका लागि तय भई स्थगित गरेको केन्द्रीय र संसदीय दलको बैठक मंसिर ११ देखि १३ सम्म महोत्तरीको जलेश्वरमा गर्न लागिएको छ ।

उक्त बैठकमा अधिवेशनको प्रक्रिया र विधि माथि छलफल हुने महामन्त्री ढकालले जानकारी दिए । छलफलको एजेण्डामा सभापति रवि लामिछाने राजनीतिक प्रतिवेदन पेश गर्ने रास्वपाले जनाएको छ ।