८ मंसिर २०८१, शनिबार 1732351446
Banner

गठबन्धन नेताले परिवारलाई बाढे राजदूत पद, माधव नेपालका ज्वाइँदेखि झलनाथ खनालका सालोसम्म

काठमाडौं । गठबन्धन सरकारले अष्ट्रेलियाको राजदूतमा माधवकुमार नेपालका ज्वाइँ कैलाश पोखरेललाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझको बैठकले २० देशका राजदूत नियुक्ति गर्दा माधव नेपालका ज्वाईदेखि झलनाथ खनालका सालोसम्मलाई अवसर दिएको छ ।

पोखरेल अध्यक्ष माधव नेपालका कान्छि बहिनी बसुदाका श्रीमान हुन । त्यस्तै नेकपा एसकै सिफारिसमा झलनाथ खनालका सालो मिलन तुलाधरलाई रसियाको राजदूतका लागि सिफारिस गरिएको छ । श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र उर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालका बहिनी ज्वाइँ हुन् ।

चीनको राजदूतमा माओवादी कोटाका बिष्णु पुकार श्रेष्ठ परेका छन् । त्यस्तै जसपाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूत बन्ने मौका पाएका छन् । यसअघि श्रीलंकाको राजदूतबाट राजिनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योती प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ । उनी प्रधानमन्त्री देउवा निकट मानिन्छ । आज राजनीतिक कोटाबाट सिफारिस भएका राजदूत अधिकांश नेताका नातेदार रहेका छन् । निर्वाचन आयोगले भोलिदेखि आचारसहिता लागु गर्ने तयारी थालेपछि गठबन्धन सरकारले मनलाग्दी नियुक्ती गरेको हो । गठबन्धन सरकारले अन्य कयौं नियुक्ति गोप्य राखेको छ । नियुक्तिमा सैद्धान्तिक सहमति दिएर अगाडिकै मितिदेखि लागुगर्न गोप्य राखेको स्रोतले बताएको छ ।

राजनीतिक दलबाट राजदूतमा सिफारिशको यस्तो छ नामावली

१ विष्णु पुकार श्रेष्ठ (चीन)
२ दानबहादुर तामाङ (दक्षिण अफ्रिका)
३ शर्मिला पराजुली ढकाल (स्पेन)
४ बाशुदेव मिश्र (श्रीलंका)
५ मिलन तुलाधर (रसिया)
६ कैलाश पोखरेल ९अष्ट्रेलिया०
७ डिल्लीराज पौडेल (मलेसिया)
८ शान्ता रिजाल (इजरायल)
९ ज्योति प्याकुरेल (दक्षिण कोरिया)
१० प्रा डा।रामशुरज राय यादव (डेनमार्क)
११ नवराज सुवेदी (साउदी अरब)
१२ नरेश विक्रम ढकाल

परराष्ट्र सेवाबाट राजदूतमा सिफारिश

१ घनश्याम भण्डारी
२ हरिशचन्द्र घिमिरे
३ तीर्थराज वाग्ले
४ डोरनाथ अर्याल
५ सुशिल कुमार लम्साल
६ भरतकुमार रेग्मी
७ निर्मल राज काफ्ले
८ दुर्गा बहादुर सुवेदी