८ कार्तिक २०८१, बिहिबार 1729822212
Banner

म कति दिन प्रधानमन्त्री रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कति दिन सरकार रहन्छ भन्ने मुख्य कुरा नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

प्रचण्डले महत्वपूर्ण नभइ काम मुख्य कुरा जनताको काम भएको बताए । ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो,’ उनले थपे, ‘हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो ।’