३ आश्विन २०८१, बिहिबार 1726801931
Banner

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । आसन्न स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ । बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे समेत जानकारी गराउने बताइएको छ ।