काठमाडौ । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि आयोजक भारतले अष्ट्रेलियालाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार अहमदाबादमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको छ ।
उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए । साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ÷नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् । अष्ट्रेलियाका लागि मिचेल स्टा