१७ श्रावण २०८३, आइतबार 1785677300
Banner

टिकटक बन्द गर्ने निर्णयबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं-टिकटक बन्द गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउन आदेश जारी गरेको छ।

आज भएको सुनुवाईमा अदालते कारण देखाउ आदेश जारी गरेको हो। न्यायाधीश विनोद शर्माको इजलासले सरकारसँग कारण माग गरेको हो।

गत कात्तिक २७ गते बसेको मन्त्रिरिषद् बैठकबाट सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा कम्तीमा १० वटा रिट निवेदन दर्ता भएका छन्। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, डा. सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, रामकृष्ण बन्जारा, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, पर्शुराम पाण्डे, भद्रप्रसाद नेपाल (स्वागत), अञ्जन धिताललगायतले रिट दायर गरेका हुन्।