काठमाडौं । स्थानीय प्रशासनले भारतसँग जोडिएका नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम जारी रहेको बताइएको छ ।
धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई उतै केहीलाई फर्काइएको मोरङ प्रहरी कार्यालयले जनाएको छ ।
धार्मिक सभा अवधिभरको समयलाई नेपाल प्रवेश गर्न नदिएको उनले बताए । ‘सुनसरीमा हुने सभाका लागि भारतबाट आउनेहरुलाई नाकाबाट फर्काइरहेका छौं,’ उनले भने, ‘नाकामा सतर्कता बढाएका छौं ।’ अन्य कामका लागि आउजाउ गर्नेलाई भने रोकावट नरहेको उनले बताए ।