८ कार्तिक २०८१, बिहिबार 1729800247
Banner

उपरथि पाण्डे र सचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली सेनाका उपरथि ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

उमेर विवादमा परेका प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले यसअघि व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

यसैगरी ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिएका थिए । उनले पनि आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको र त्यसलाई आजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको मन्त्री शर्माले बताइन् ।