८ कार्तिक २०८१, बिहिबार 1729807805
Banner

प्रसाईं समूहका प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा आसपासका संरचनामा क्षति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीले ढुंगामुढा गर्दा आसपासका केही संरचनामा क्षति पुगेको छ ।

केही प्रदर्शनकारीले बल्खु चोक आसपासमा रहेका संरचनामा तोडफोड गर्दा सो क्षति भएको हो ।

अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ । बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन् । आज दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।