८ मंसिर २०८१, शनिबार 1732404608
Banner

जबसम्म खेलाडी खेलप्रति पूर्ण रुपमा समर्पण हुन सक्दैनन्,तबसम्म खेलको विकास हुन सक्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलको गुणस्तर बढाउन खेलाडीको पूर्ण समर्पण आवश्यक पर्ने बताएका छन् ।

पोखरामा सुरु भएको केपी ओली टी–२० क्रिकेट उद्घाटनका क्रममा बिहीबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन् । सो क्रममा उनले खेलाडीको समर्पणले नै खेलको गुणस्तर बढ्ने बताए ।

‘खेलाडी खेलमा समर्पित हुन आर्थिक परिवेश, जीवन, परिवार पनि सम्बन्धित हुन्छन्,’ उनले भने, ‘अहिले केही खेलहरु व्यावसायिक रुपमा विकास हुन थालेका छन्। जबसम्म खेल क्षेत्र र खेलाडी व्यावसायिक रुपमा पूर्ण समर्पित भएर जान सक्दैनन् तबसम्म खेल क्षेत्रको गुणस्तर उठ्न सक्दैन।’

यस्तै, खेलाडीको समर्पणको व्यवस्था सरकारले मिलाउनुपर्ने उनको भनाइ छ ।