काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले यस्तो आदेश दिएको हो ।
१५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका चौधरीले गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका थिए ।
आममाफीको निर्णयविरुद्ध शारदा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए । शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नीहुनुहुन्छ ।