२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 9:13 pm
Banner

सिफलमा विरोध कार्यक्रम गर्दै दुर्गा प्रसाईं

सूचना प्रेस २०८० मंसिर ९ शनिबार ००:००, ११:०६ बजे १ मिनेट पढाइ

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको सिफल चौरमा विरोध कार्यक्रम गर्दैछन्। काठमाडौं प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न नदिएपछि प्रसाईं समूहले जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्न लागेको हो ।

काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ भएको छलफलपछि सिफलमा कार्यक्रम गर्ने सहमति भएको महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए ।

उनका अनुसार प्रशासनले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने बताएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो ।

शुक्रबार पनि तीनकुनेमै कार्यक्रम गर्ने अडान लिएका प्रसाईंका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई भने निवासमै सुरक्षा दिएर राखिएको थियो ।