२८ भदौ २०८३, आइतबार 1789335823
समाचार

एकसय बढीको आँखाको शल्यक्रिया

ताप्लेजुङमा सञ्चालित तीन दिने आँखा शिविरमा एकसय बढी रोगीको आँखाको शल्यक्रिया गरिएको छ। मङ्गलबार सकिएको शिविरमा मोतियाविन्दु भएकासमेत कुल १३१ जना विरामीको आँखाको शल्यक्रिया गरिएको हो। 

नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ, फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसन काठमाडौंको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा ६८ जना पुरुष र ६३ महिलासहित १३१ जना आँखाका रोगीको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति सङ्घका जिल्ला उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार १२१ जनाको मोतियाविन्दु र १० जनाको आँखाको साधारण शल्यक्रिया गरिएको छ। यस्तै शिविरमार्फत ५२४ जनाको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ।