२८ भदौ २०८३, आइतबार 1789306298
समाचार

घाँस काट्न गएका वृद्धलाई बाघले बेपत्ता बनायो

चितवन – बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो।

बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिए। खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।