११ आश्विन २०८३, आइतबार 1:32 am
Banner

डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन, ‘तपाईंको जिल्लामा आएका बेला सम्झिएको’

काठमाडौं : पार्टीको मध्यपहाडी यात्राका क्रममा सुदूरपश्चिममा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको फोनवार्ताको भिडियो सार्वजनिक गरेका छन्। 

सामाजिक सञ्जालमा फोनवार्ताको भिडियोबारे लेख्दै ओलीले भनेका छन्, ‘सुन्दर डडेलधुरा! मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी!’

उनले आफ्नो सचिवालयले ‘गुडविल कल’का रूपमा यसको भिडियो पनि बनाएको बताएका छन्।

ओलीले शयन कक्षबाट फोन गरिरहेको भिडियो ४२ सेकेण्डको छ।  उनले देउवालाई जय नेपालको अभिवादनबाट कुराकानी शुरु गरेका छन् ।

‘यहाँ गन्यापधुराको छेवैबाट फोन गरेको’, उनले भनेका छन्, ‘गन्यापधुरा भन्दा अलि पर्तिर यहाँ डडेल्धुरा बजारभन्दा अलि तल्तिर बसेका छौँ।’ 

‘राम्रो छ यतातिर’, उनले भनेका छन्, ‘तपाइँको जिल्लामा आएको वेला यसो सम्झिएको नि!’ 

यति भन्दै गर्दा देउवाको बोलीसँगै ओलीले ‘थ्यांक यू’ भन्छन्।

‘अनि त्यतातिर  सबै राम्रो छ नि? उनले देउवाको हालखबर सोध्दै गर्दा भिडियो अन्त्य हुन्छ।