३० बैशाख २०८३, बुधबार 1778692542
Banner

यो सरकार ढाल्नै पर्दैन, आफैँ ढल्छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन् ।

डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार प्रतिनिधिसभामा माओवादीको कमजोर अंक गणित भएका कारण चाँडै ढल्ने बताएका हुन् । ‘यो सरकार ढाल्नै पर्दैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ ओलीले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन् ।’

उनले प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई प्रचण्ड पथमा हिँडाएको पनि आरोप लगाएका छन् । ‘यो सरकार प्रचण्ड पथमा लागेको छ । आफ्नै मान्छे थुनिएको छ, हो होइन अदालतले भन्ला तर सत्तामा रहेको दलहरू प्रचण्ड पथतर्फ गइरहेका छन् ’ उनले भने ।