२७ जेष्ठ २०८३, बुधबार 1781124916
Banner

टुर गाइड मृत भेटिए

काठमाडौं । लाङटाङ पदमार्गमा एक नेपाली टुर गाइडको मृत्यु छ। मृत्यु हुनेमा धादिङको धुनीवेशी नगरपालिका ९ का ५० वर्षीय कुमार पाण्डे छन्।

उनी शनिबार बिहान ११ बजे गोसाइकुण्ड गाउँपालिका ४ स्थित लामा तिबेतियन होटलको कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। पाण्डे स्वीट्जरल्याण्डबाट आएकी अन्दाजी ७० वर्षीया वृद्ध महिलालाई लाङटाङ उपत्यका घुमाएर शुक्रबार राति उक्त होटलमा बास बसेका थिए।

फर्किँदा सामान्य बिरामी परेका पाण्डे भोलिपल्ट सुतेको स्थानमा मृत भेटिएका हुन्। ती महिलासँग उनको लामो समयदेखिको चिनजान रहेको र हरेक पटक नेपाल आउँदा पाण्डेले नै ती महिलालाई घुमाउने गरेको बुझिएको छ ।

मृतक पाण्डेको शव पोष्टमार्टमका लागि धुन्चेस्थित जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।