२२ कार्तिक २०८३, आइतबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 3:52 am
Banner

राष्ट्रियसभा निर्वाचन दल दर्ताका लागि आज अन्तिम दिन

सूचना प्रेस २०८० मंसिर २९ शुक्रबार ००:००, ०८:५२ बजे १ मिनेट पढाइ

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय शुक्रबार सकिँदैछ।

मंसिर २२ गते सूचना जारी गर्दै निर्वाचन आयोगले मंसिर २४ देखि आज २९ गतेसम्म दल दर्ता गर्न भनेको थियो, जसअनुसार शुक्रबार कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्नेछ ।

शुक्रबारसम्ममा दर्ता गर्ने दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन्। आयोगका अनुसार नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी, नेमकिपा र जसपालगायतले दर्ताको निवेदन दिइसकेका छन्। नेपाली कांंग्रेसले शुक्रबार नै दल दर्ता गर्ने जनाएको छ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।