९ मंसिर २०८१, आइतबार 1732465819
Banner

प्रस्तावित न्यायाधीश पोखरेल र ढकालको संसदीय सुनुवाइ हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित
सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्नेछ ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका कार्यवहाक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संसदीय सुनुवाइ भएको थियो ।