२८ भदौ २०८३, आइतबार 1789335403
Banner

बसको टायर फुस्किएर लाग्दा पैदलयात्रीको मृत्यु

मोरङ-मोरङमा गुडिरहेको बसेको टाय खुस्किएर चोट लाग्दा एक जना पैदलयात्रीको मृत्यु भएको छ।कानेपोखरी गाउँपालिका–६ का ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही गाउँपालिका–७ स्थित सडकमा प्रदेश १–०१–००१ ख ३९२२ नम्बरको बसको टायर अचानक खुस्किएर लाग्दा पौडेल गम्भीर घाइते भएका थिए। 

उनको विराट नर्सिङ होम, बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

 बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।