९ मंसिर २०८१, आइतबार 1732490069
Banner

म साँच्चै क्रमभंग गर्ने गरि अगाडि बढछु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि क्रमभंगको तयारीमा रहेको बताएका छन् । उनले तेस्रोपटक प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुने दिन ‘क्रमभंग’ हुने खालको केही निर्णय गर्ने बताएका हुन् ।

शुक्रबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित नेपालकै दोस्रो ठूलो विद्युत् सबस्टेसनको उद्घाटन समारोहमा उनले आफू क्रमभंगको तयारीमा रहेको बताएका हुन् ।

‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु,’ म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने। उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने पनि बताए । उनले भने, ‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु ।’

जनताले महसुस गर्ने गरी आफ्नो सरकारले काम गर्ने दाबी उनले गरे। प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते तेस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त भएका थिए।