२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 3:37 pm
राजनीति

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ प्रस्थान

सूचना प्रेस २०८० पुस ७ शनिबार ००:००, १३:५३ बजे १ मिनेट पढाइ


काठमाडौं । राप्रपा अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देन आज बिहान हङकङ प्रस्थान गर्नुभएको छ। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा त्यहॅा आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्न र हङकङमा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उहॅा हङकङ जानुभएको हो।

अध्यक्ष लिङ्देनको भ्रमणदलमा राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाज (पानस) आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी हुनुहुन्छ।

हङकङ प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको छ।
अध्यक्ष लिङ्देन पौष १२ गते स्वदेश फर्कनु हुनेछ ।