८ मंसिर २०८१, शनिबार 1732392038
समाचार

दोलखामा किशोर मृत फेला

दोलखा : दोलखामा एक किशोर मृत फेला परेका छन् । दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी आज शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन् । भण्डारीको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जिवन श्रेष्ठले जानकारी दिनुभयो । शरिरको विभिन्न भागमा घाउ भएकाले उनको हत्या गरिएको हुनसक्ने उहाँले बताउनुभयो । घटनास्थल नजिकै रगत लागेको अवस्थामा भण्डारीको चश्मा फेला परेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।