२० असार २०८३, शनिबार 1783159636
Banner

अध्यक्ष ओली र सभापति लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओलीसँग भेटवार्ता गर्न सभापति लामिछाने बालकोट पुग्नु भएको हो।

अध्यक्ष ओली निवास बालकोटमा भएको भेटघाटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताउनु भयो। उहाँले भन्नुभयो, ‘उहाँहरूबीच भेटवार्ता नभएको लामो समय भएको थियो । संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुन सामान्य हो । तर, कुनै एजेण्डा होइन।’

सभापति लामिछाने बालकोटबाट करिब एक घण्टाको छलफलपछि फर्किनु भएको छ। दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ।