११ भदौ २०८३, बिहिबार 1787848853
Banner

एमाले सचिवालय बैठक जारी

काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेले मध्यपहाडी यात्रा पछि पहिलो पटक सचिवालयको बैठक बसेको हो।

बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफललगायतका विषय प्रमुख एजेण्डा छ।

बैठकमा राष्ट्रियसभाको निर्वाचनको तयारी, मध्यपहाडी यात्राको समिक्षा, द्वन्द्वकालिन मुद्धा टुंग्याउने साथै सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषय प्रमुख एजेण्डा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । पार्टीले संगठन बिस्तार तथा जनतासँग जानका लागि अर्को नयाँ अभियानमा कस्तो कार्यक्रम ल्याउने भनेर पनि छलफल गर्ने तयारी रहेको गौतमको भनाइ छ ।